माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा आङ्बो

खबर पूर्वाञ्चल, १६ चैत्र २०७७, सोमबार १७:००
फाइल तस्वीर

विराटनगर / नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो चयन भएका छन् ।

केन्द्रको आज बसेको बैठकले पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका आङ्बोलाई दलको नेतामा चयन गरेको हो । यसैगरी बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा शौभाग्यवतिदेवी राईलाई चयन गरेको छ ।

बैठकले माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका दलका नेता टंक आङ्बुहाङलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । उनको कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्र छाडेका आङ्बुहाङ वर्तमान सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५