AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बालेनले झापा क्षेत्र नं.५ बाट गराए उम्मेदवारी दर्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०८२, मंगलवार १४:३४
45
Shares
दमक /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) साहले प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं.५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

साहले आज दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्।

यस क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएका छन् । ओली पनि दिउँसो १ बजे मनोनयन दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुनेछ ।

उम्मेदवारी दर्ताका क्रममा साहका समर्थक भेषराज भट्टराई समर्थक तथा भूमिनन्द बराल प्रस्तावक रहेका छन्। बालेन समर्थक र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा सक्रिय भएका साहको उम्मेदवारी दर्तासँगै झापा क्षेत्रको राजनीतिक वातावरण थप तातेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर