ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

छोरा आइसोलेसनमा, कोरोना संक्रमण नभएकी वृद्धाको शव उठाउन समस्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३२ श्रावण २०७७, आईतवार १७:३०
1.16k
Shares
विराटनगर / छोराबुहारी र नातिमा पनि कोरोना संक्रमण भएपछि शनिबार राति मृत्यु भएकी विराटनगर ३ की बृद्धाकोे अन्तेष्टिमा समस्या भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि ८७ वर्षीया वृद्धाका ५६ वर्षीय छोरा गत मंगलबारबाट आइसोलेसनमा छन् । ५० वर्षीय बुहारी र २८ वर्षीय नातिको रिपोर्ट पनि पोजिटिभ आएको हो ।
गत मंगलबार कोरोना संक्रमण देखिएपछि आइसोलेशनमा बस्दै आएका पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतकी ८७ वर्षीया आमाको शनिबार राति मृत्यु भएको हो । उनको कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकी शव उठेको छैन ।

वृद्धाको भने रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भएर छोरा आइसोलेसन र घरमा भएका बुहारी तथा नाति पनि संक्रमित भएसँगै छिमेकी घरमा पस्न नमान्दा वृद्धाको शव उठेको छैन ।
कोरोना संक्रमित भएपछि मारवाडी सेवा सदनको आइसोलेशनमा बस्दै आएका उनको परिवारका तीनै जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट नआउँदै बृद्धा आमाको मृत्यु भएको हो । आज विहान परिवारका ३ जनाको रिपोर्ट आउँदा बुहारी र नातिको रिपोर्ट पोजेटिभ आएको छ भने मृतक बृद्धाको रिपोर्ट नेगेटिभ आएको हो ।

एकैघरको तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि बृद्धाको रिपोर्ट नेगेटिभ आएपनि उनको अन्तिम संस्कारमा समस्या भएको विराटनगर– ३ का वडाध्यक्ष विनोद बस्नेतले जानकारी दिए । शनिबार राति ९ बजे नै बृद्धाको मृत्यु भएकोमा आइतबार दिउँसोसम्म उनको शव ओछ्यानमै छ । स्थानीयले शव घाटसम्म पु¥याउने व्यवस्था मिलाउन महानगरपालिकासँग आग्रह गरेका छन् ।

स्वाश्प्रश्वासमा समस्या र ज्वरोको समस्या रहेकी बृद्धाको निधनपछि कोरोनाको आशंमा छिमेकीहरु पनि उनको घरमा पुगेका छैनन् । परिवारका तीन जनामा कारोना देखिएपछि बृद्धको दोहो¥याएर स्वाब परीक्षण गरिएकोमा नेगेटिभ नै देखिएको वडाध्यक्ष बस्नेतले जानकारी दिए ।

कोरोना संक्रमित बुहारी र नाती घरमै होम आइसोलेनमा रहेका छन् । बृद्धाका दुई छोरामध्ये जेठा छोरा काठमाडौंमा रहेको बताइएको छ । बृद्धाको स्यहारमा रहेकी बुहारीलाई पनि कोरोना पोजेटिभ देखिएपछि उनको अन्तिम संस्कारमा समस्या भएको हो ।

‘बृद्धाको स्यहारमा बसेकी बुहारी र छोरामा कोरोना देखिएका कारण छिमेकीहरु मृतकका घरमा संक्रमण सर्ने त्रासले जान सकेका छैनन्’ वडाध्यक्ष बस्नेतले भने, ‘त्यसैले उनको अन्तिम संस्कारमा समस्या भएको छ ।’ परिवारका सबै जनामा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा सरसल्लाह गरि नेपाली सेनामार्फत शव व्यवस्थापनको तयारी भएको वडाअध्यक्ष बस्नेतलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर