RUMPUM
animated ellipse animated ellipse

एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०७९, सोमबार १५:२८
153
Shares
विराटनगर / विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखिकरण दिएको छ ।

कलेजले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरे ।

काठमाण्डौ विश्व विद्यालय र विराटनगरस्थित एस्पायर कलेजबीच सम्झौता पछि बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमहरू संचालनमा रहेको छ । बीपिएचमा भर्ना भएका २३ र बी टिएच बिएड आइटीमा भर्ना भएका ३० जना विद्यार्थीहरू अभिमुखिकरण कार्यक्रममा सहभागि रहेको कलेजका अध्यक्ष विकास अधिकारीले जानकारी दिए ।
बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमहरू असोज अन्तिम साताबाट सुरू भएको थियो ।

एस्पायर कलेजले संचालन गरेको कार्यक्रमहरु अध्ययनसंग संगै इन्टरससिप पनि हुने भएको छ । प्रयोगात्मक र अध्ययन संगसंगै आयआजर्न पनि गर्न सकिने शिक्षा प्रदान गरिने कलेजले जनाएको छ ।

काठमाण्डौँ विश्वविद्यालयको विस्तारीत कार्यक्रमका रुपमा एस्पाएर कलेजले स्नातक कार्यक्रम भएकाले यस कार्यक्रममा जुन सुकै विषयमा प्लस टु उतिर्ण गरेका विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।

गुणस्तरीय शिक्षामा सधै कट्टीवद्घ रहेको काठमाण्डौँ विश्वविद्यालयले विस्तारीत शैक्षिक कार्यक्रम प्रदेश १ मा पहिलो पटक एस्पाएर कलेजबाट सुरू भएको हो ।

राष्ट्रयलाई र अन्र्तराष्ट्रिय बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाण्डौ विश्वविद्यालयले विस्तारित कार्यक्रम विराटनगरमा लिएर आएको हो ।
अभिमुखिकरण कार्यक्रममा सहजिकरण काठमाण्डौं विश्वविद्यालयका बिपिएच कार्यक्रमको कोडिनेटर आस्मा थापा मगर, बिनोद प्रसाद पन्तले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर