खबर पूर्वाञ्चल
भारतमा बसी नेपालको विभिन्न सहरमा अवैध हतियार र लागूऔषध भित्रयाउने गिरोहका मुख्य नाइके भारतको अररिया जिल्ला ईन्द्रनगर ग्रामपञ्चायत–१० का ३९ बर्षीय बग्गा भनिने प्रदिप यादवलाई मोरङ प्रहरीले पक्राउ परेको हो ।
पक्राउ बग्गा आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईके रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । बग्गा ‘हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी समेत रहेको डिएसी राई बताए । भारतमा बसेर नेपालमा अवैध हतियार र लागूऔषधको सञ्जाल विस्तार गरेको पनि अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ ।
विराटनगर १६ दरैयाबाट पक्राउ गरेको बग्गालाई प्रहरीले डाइलेक्स डि.सी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की लागूऔषधसहित पक्राउ गरेको डिएसपी राईले बताए । २०७५ साल मंसिर ०३ गते विराटनगरको हुलास चोकबाट अटोमेटिक पेस्तोलसहित पक्राउ परेका मन्दिप तामाङ र सुशिलकुमार साहलाई हतियार पठाउने तथा २०७५ मंसिर ८ गते ललितपुरका रुपम राईलाई दिन भनी पठाएको लागुऔषध ब्राउनसुगर, तथा पेस्तोलसहित पक्राउ परेका बिध्यानन्द मण्डल र अनुप गिरीको घटनामा संग्लग्न रहेको खल्न आएसंगै सर्वाधीक खोजीको सूचीमा रहेका बग्गालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्ने सफल भएको हो ।
पक्राउ परेका बग्गाको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।