खबर पूर्वाञ्चल
उदयपुरको त्रियुगा नगरपालिकाको बहेडुवामा शनिबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका हुन् ।विराटनगरस्थित अर्किड कलेजका अध्यक्ष रहेका ढकाल यसअघि हिसान मोरङको अध्यक्ष भएर एक कार्यकाल सफलतापूर्वक चलाएका थिए ।
नव निर्वाचित अध्ययक्ष ढकालले निजी कलेजहरूको विकासमा ध्यान दिने बताए । अहिले पनि राज्यले निजी उच्चमा विद्याहरूलाई विभेद गरेको बताए । ‘अहिले सरकारले प्राविधिक विषय अध्ययन गराउन निजीलाई दिएको छैन । त्यस्तो विभेदकारी नीति अन्त्य हुनुपर्दछ,’ उनले भने ।
हिसान मोरङको वरिष्ठ उपाध्यक्षमा पुनः टिएन तिम्सिना निर्वाचित भ भने उपाध्यक्ष पुनः मोहनकुमार श्रेक्ष् र गोविन्द निरौला, सचिवमा भेषराज नेपाल( भुवन), सह–सचिव भुपेन्द्र दाहाल र कोषाध्यक्षमा प्रदिप भगत निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा त्रिलोचन गौतम, रोहत थपलिया, बसन्त मादेन, सुजन अधिकारी, राजेश खत्री, गुणानन्द महतो र विजयकुमार माझीलगयात निर्वाचित भएका छन् ।
हिसान मोरङको सल्लाहकारमा भरत दाहाल, डा. मनोज गुप्ता, ईश्वर रिजाल। दिनेश दाहाल र सकलदेव साहलाई आजै चयन गरिएको निर्वाचित अध्यक्ष ढकालले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि हिसानका केद्रिय उपाध्यक्ष भेषराज पोखेल, केन्द्रिय सदस्य राजेश कार्की, प्रदेश अध्यक्ष ज्ञानबहादुर खडका र प्रदेश सचिव दिपेश बास्तोलालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेक थिए ।
तपाईको प्रतिक्रिया