ट्राफिक नियम उल्लंघन गर्ने ३ सय ४० भन्दा बढी सवारी चालक नियन्त्रणमा

खबर पूर्वाञ्चल, १६ चैत्र २०७७, सोमबार १६:५४

विराटनगर/ ट्राफिक नियम उल्लंघन गर्ने ३ सय ४० भन्दा बढी सवारी चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

होलीको अवसरमा मादक पदार्थ सेवन गर्ने, हेलमेट नलगाई सवारी कुदाउने, तीन जना सवार गर्ने र तीब्र गतिमा सवारी कुदाउनेलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए ।

मापसे गरेर सवारी चलाउँदा हुनसक्ने दुर्घटनालाई नियन्त्रण गर्न बिहानैदेखि सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति बढाइएको थियो । ठाउँठाउँमा गरिएको चेकिङका क्रममा ३ सय ४० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५