animated ellipse animated ellipse

प्रदेश १ मा थप ६ सय कोरोना संक्रमित डिस्चार्ज भए, डिस्चार्ज हुनेको संख्या १४ हजार नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७७, आईतवार १७:३४
396
Shares
विराटनगर / प्रदेश १ मा आज ६ सय जना डिस्चार्ज हुँदा २ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । होमआईसोलेसनबाट ५ सय ९५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार १ सय ७३ पुगेको छ ।

मोरङमा १ सय ३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ८, रतुवामाईमा ७ , रंगेलीमा ६, उर्लाबारी र कानेपोखरीमा ४–४, जहदा, बुढीगंगा र बेलबारीमा ३–३, ग्रामथानमा १ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ३३, इनरुवामा ४, रामधुनीमा ३, देवानगञ्ज, धरान र कोशी गाउँपालिकामा २–२, दुहवी र गढीमा १–१, झापाको गौरादह र कमल गाउँपालिकामा १२–१२, दमकमा ४, गौरीगञ्ज, कचनकवल, अर्जुनधारा , मेचीनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता ते¥हथुमको म्याङलुङमा ८, उदयपुरको चौदण्डीगढीमा ३, त्रियुगामा २ र बेलकामा १, इलामको इलाम नगरपालिका र फाकफोकथुममा १–१, संखुवासभाको पाँचखपन र खाँदबारीमा १–१, पाँचथरको मिक्लाजुङ, भोजपुरको षडानन्द, खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ८ सय ८४ पुगेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर