animated ellipse animated ellipse

अवैध उत्खनन् गरि बालुवा र टुङगा तस्करी गरेको आरोपमा चालक पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ भाद्र २०७७, सोमबार १९:४८
648
Shares
विराटनगर/ मोरङको उत्तरी क्षेत्रको खोलाहरूमा अवैध रुपमा उत्खनन गरि बालुवा र ढुङगा तस्करी गरेको आरोपमा प्रहरीले सवारी साधनसहित दुई जना चालकलाई पक्राउ गरेको छ ।
मोरङका सुन्दरहरैचना नगरपालिका ४ गोकुलम स्थित अवैध रुपमा खोलाबाट बालुवा उत्खनन गरि लोड गरिएको अवस्थामा प्रहरीले सवारी सहित  आइतबार दुई जनालाई पक्राउ गरेको हो ।
अबैध रुपमा बालुवा लोड गरी लैजाँदै गरेको को १ ख ५२२६ नम्बरको ट्रिफर उक्त ट्रिफरको चालक धनकुटा सागुरीगढी गाउँपालिका १ बस्ने ४० वर्षिय योगेन्द्र लिम्बु र को २ त ५५३५ नम्बरको ट्रयाक्टर तथा उक्त ट्रयाक्टरको चालक मोरङ सुन्दरहरैचा नगरपालिका ४ का ३७  वर्षिय दिनेश मगर प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी दिए ।
ईप्रका बेलबारीबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चालक सहित नियन्त्रणमा लिएको उनीहरुलाई आवश्यक कारवाहीको लागि सुन्दरहरैचा नगरपालिकाको कार्यालयमा बुझाएको छ ।
यस्तै सोही दिन केराबारी गाउँपालिका ८ स्थितमा खदम खोलामा अवैध रुपमा ढुङगा तस्करी गरि लैजाने क्रममा प्रहरीले टक्याकटर नियन्त्रणमा लिएको छ । प्रहरीले  प्रदेश नं.१०२००३ त ०४३६ नं. को ट्रयाक्टरमा अवैध रुपमा ढुङगा लोड गर्दै गरेको अवस्थामा  ईप्रका केराबारीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर