खबर पूर्वाञ्चल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा थप ५३ जनामा कोरोना देखिएको जानकारी दिइएको हो । मन्त्रालयका अनुसार बाँकेको नरैनापुर क्षेत्रको क्वारेन्टाइनमा बसेका ४७ जनामा आज संक्रमण पाइएको जनाएको छ ।
भेरी अस्पतालस्थित प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा ४६ जना पुरुष र एक जना महिलामा कोरोना देखिएको हो ।
यसैगरी विराटनगरमा थप एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका एक जनामा कोरोना देखिएको हो । उनीहरू सबै १८ वर्षदेखि ४६ वर्ष उमेरसमूहका रहेका छन् ।
यो सँगै कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ। देशभर ३१ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। हालसम्म २ सय ५८ जना पुरुष र ५९ जना महिलामा कोरोना संक्रमण भएको पाइएको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।
तपाईको प्रतिक्रिया