RUMPUM
animated ellipse animated ellipse

कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ बैशाख २०७७, शुक्रबार १९:५६
3
Shares
विराटनगर / कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विरामीका लागि आयुर्वेद औषधि व्यवसायी संघ नेपालले प्रदेश सरकारलाई औषधि हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिस गरेका चार प्रकारका औषधि व्यवसायी संघले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो । व्यवसायी संघले ५ सय ग्रामको च्यवनप्रास ६२ ओटा, १ सय ग्रामको अश्वगन्धा चुर्ण ६२ ओटा, ६० क्याप गिलोय प्लस ३१ ओटा र १ सय ग्रामको तुलसी चिया ३१ प्याकेज मन्त्री घिमिरेलाई हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकारलाई हस्तान्तरण गरिएको आयुर्वेद औषधि ४४ हजार ६ सय ४० रुपैयाँको रहेको आयुर्वेद औषधि व्यवसायी संघका अध्यक्ष जगराज गिरीले जानकारी दिए । आयुर्वेद औषधि ग्रहण गर्दै मन्त्री घिमिरेले उपचाररत विरामीका लागि प्रयोगमा ल्याउन कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन समितिलाई निर्देशन दिए । संक्रमितको उपचारमा खटिएका चिकित्सकसँग समन्वय गरेर औषधि प्रयोगमा ल्याउन उनले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर