AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न, प्रारम्भिक तथ्यांक अनुसार मोरङमा ६५ प्रतिशतको हाराहारीमा मात्रै मत खस्यो(फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० बैशाख २०७९, शुक्रबार १९:५३
450
Shares
विराटनगर / स्थानीय तह निर्वाचन अन्तगर्त मोरङ जिल्लामा मतदान कार्य आज विहान ७ बजेदेखि शुरु भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

मोरङमा ६५ प्रतिशत मत खसेको छ । प्रारम्भिक तथ्यांक अनुसार मोरङमा ६५ प्रतिशतको हाराहारीमा मात्रै मत खसेको हो ।

जिल्लाका १७ स्थानीयतहमा ७ लाख १५ हजार २२३ मतदाता रहेका छन् । निर्वाचन आयोग कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार जिल्लाको प्रारम्भिक विवरणमा ६५ प्रतिशत मत खसेको छ ।

विराटनगर महानगरपालिकामा ६० प्रतिशतको हाराहारीमा मात्रै मत खसेको छ । १ लाख ३३ हजार १४२ मतदता रहेका छन् ।

प्रारम्भिक रिपोर्ट अनुसार कानेपोखरीमा ६५ प्रतिशत, मिक्लाजुङमा ६९ प्रतिशत, रंगेलीमा ६४ प्रतिशत, रतुवामाई ६४ प्रतिशत, लेटाङ ६७ प्रतिशत, केराबारी ६५ प्रतिशत, उर्लाबारी ६५ प्रतिशत, सुनवर्षी ६५ प्रतिशत, धनपालथान ७३ र बेलबारी ७० प्रतिशत, सुन्दर–हरैंचा ६६ प्रतिशत, जहदा ७० प्रतिशत, बुढीगंगा ७० प्रतिशत, कटहरी ६५ प्रतिशत, पथरी ६० प्रतिशत, ग्रामथान ६५ प्रतिशत मत खसेको अधिकारीले जानकारी दिए ।

मोरङको २५ मतदान स्थलमा अहिले पनि मतदान जारी
मोरङको २५ मतदान स्थलमा अहिले पनि मतदान जारी रहेको छ । विराटनगरमा तीन मतदान केन्द्रमा अहिले पनि मतदान भइरहेको छ । निर्वाचन आयोगले ५ वजेसम्म मतदानको समय तोकेको भएपनि सो समयभित्र मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ ।

विराटनगरको हाटखोला, पुसेट कलेज , विराटनगर–६ मा रहेको शिक्षा सदनमा अहिले पनि मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । यस्तै सुन्दरहैरचाका विभिन्न मतदान स्थलहरुमा मतदान भइरहेको छ ।

मतदान स्थलभित्र पसेका मतदाताले मतदान सक्दा ९ बज्ने अवस्था रहेको निर्वाचन कार्यालय मोरङले जनाएको छ । जारी मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउँदा कम्तिमा ११ बज्ने देखिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

‘केराबारीको उत्तरी क्षेत्रमा भएको मतदान स्थलबाट मतदान भएको मतपेटिका सडकको कारणले धनकुटा हुँदै ल्यानुपर्ने छ’ उनले भने, ‘त्यही भएर समय लाग्छ ।’ तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर