AArya
RUMPUM
animated ellipse animated ellipse

साहको पहिलो निर्णयलाई सबैले गर्यो स्वागत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ जेष्ठ २०७९, बुधबार १६:४९
3.73k
Shares
विराटनगर / जहदा गाउँ पालिका प्रमुख (अध्यक्ष) जितेन्द्र साहले आज विधिविधान गरी पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गरेसँगै उनले पालिकामा आर्थिक वर्ष २०७९ (०८० मा निम्न अनुसारका कार्ययोजनामा हस्ताक्षर गरी गाउँ पालिकालाई निर्देशन दिई कार्य सञ्चालन गरे ।

साहको प्राथमिकतामा रहेको कामहरु मध्ये यी कामहरुलाई प्राथमिकता साथ लागु गर्न निर्देशन दिए। जस्मा पहिलो नम्बरमा छोरी हुने विपन्न तथा दलित महिलालाई सुत्केरी स्याहार खर्च वापत ५ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने, दोश्रो बुँदामा भौतिक पूर्वाधार र सरसफाई राम्रो भएको विद्यालयलाई वार्षिक ५ लाख रुपैयाँ पूर्वाधार निर्माण वापत उपलब्ध गराउने, तेश्रो बुँदामा प्रत्येक स्वास्थ्य चौकीमा महिनामा न्युनतम १ पटक भिजिटिङ्ग डाक्टरको माध्यमबाट स्वास्थ्य सेवा पुन्याउने, चौथो बुँदामा मुख्य चौक बजारमा सड़क बत्ती जडान गर्ने त्यसै गरी पाँचौं बुँदामा हाटबजारलाई सडक क्षेत्र भन्दा बाहिर व्यवस्थापन गरी संचालन गर्ने, छैठो बुँदामा महिला स्वयमसेविका अवकास हुँदा ५० हजार रुपैयाँ सुनौलो हातेमालो वापत उपलब्ध गराउने र सातै बुँदामा गरिब पहिचान भएका विपन्न तथा दलित गरिव परिवारलाई ३ हजार ५०० को निःशुल्क स्वास्थ्य विमा गराउने निर्णय पुस्तिमाका हस्ताक्षर गरी प्रचलनमा ल्याउन निर्देशन दिए ।

साहको पदस्थापना कार्यक्रममा विभिन्न राजनीतिकर्मी, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी, संघ संस्थाहरुका प्रतिनिधि तथा विद्यार्थीहरुले साहलाई भव्य स्वागत गरेका थिए ।

साहले पदभार ग्रहण गरेपछि गरेको पहिलो निर्णयको पनि सबैले ताली बजाएर स्वागत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर