पूर्वाञ्चल खबर
जिल्ला समन्वय समिति इलामको संयोजनमा आगामी शनिबार विश्व इलामेली भेलाले ग्लोबल इलामेली मिटको आयोजनाको ब्यापक तयारी भइरहेको छ ।
सम्मेलनको तयारीमा इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्थाहरुको संलग्नता रहेको जानकारी भेलाका संयोजक एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जानकारी दिए ।
भेलाको लागि मुख्य तीन उदेश्यहरु लिइएको छ । विश्वभर छरिएर रहेका इलामेलीहरुलाई एकिकृत गर्दै एकआपसमा भाइचारा कायम गर्ने, ज्ञान, सीप र क्षमतामा अभिबृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने र आसन्न कोभिड–१९ का कारण इलाम र इलाम बाहिर रहेका इलामेलीहरुमा कठिनाई भएमा आपसी सरसहयोग आदानप्रदान गर्ने मुख्य उदेश्य रहेको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले बताए ।
भेलाकै क्रममा विश्वभरका इलामेली संघ, संस्थाहरु तथा इलामेलीहरुको तथ्यांक संकलन गरी व्यवस्थित गरिने पनि जनाइएको छ ।
यस भेलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुखहरु केवी गुरुङ र सुवासचन्द्र नेम्वाङलगायत मन्त्री, सासदहरु, राजनीति दलका प्रतिनिधिहरु, इलामका सबै स्थानीय तहहरु, विश्वभर रहेका इलामेली समाज र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति हुने इलामेली समाज प्रदेश १ का अध्यक्ष कृष्ण शाहले बताए ।
भेलाको लागि गठन गरिएको समितिमा संयोजक गणेश बराल
र सदस्यहरुमा राधेश्याम लेकाली (अध्यक्ष) इलाम विकास समाज, काठमाडौं, कृष्ण शाह (अध्यक्ष) इलामेली समाज प्रदेश १ इटहरी रहेका छन् ।
यसैगरी मोहनकुमार सुवेदी (उपाध्यक्ष) इलामेली समाज प्रदेश १ , प्रदीप घिमिरे (महासचिव) इलाम विकास समाज, काठमाडौं, अर्जुन श्रेष्ठ (सचिव) इलामेली समाज प्रदेश १, ईश्वर श्रेष्ठ (कोषाध्यक्ष), इलाम विकास समाज, काठमाडौं, यशोदा कायस्थ (अध्यक्ष), इलामेली समाज सुनसरीकी सरस्वती कर्माचार्य (सदस्य) इलाम विकास समाज, काठमाडौंका, तिलत्तोमा खत्री अध्यक्ष इलाम झापा मैत्री समाज विर्तामोड नगर र सदस्य सचिवमा अर्जुन भट्टराई, सचिव इलाम विकास समाज, काठमाडौं रहेका छन् ।