खबर पूर्वाञ्चल
संक्रमित मध्ये पाँच जना विराटनगर – ९ गुद्रीका रहेको वडाअध्यक्ष विश्वनाथ भगतले जानकारी दिए । कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिको परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएको छ । साउन १८ गते कोरोना संक्रमणका कारण ज्यान गुमाएका विराटनगर– ९ का ४५ वर्षीय पुरुषको आफन्तमा संक्रमण पुष्टि भएको हो । ९ वडामा देखिएका संक्रमित सबै पुरूष हुन् । उनीहरूको उमेर क्रमश ः ४०, ४२, २६, १८ र २७ वर्ष रहेको छ । आजै पाँच जना नयाँ संक्रमित थपिएसँगै विराटनगर ९ मा संक्रमितको संख्या ४७ जना पुगेको छ ।
महानगरपालिका भित्र सबैभन्दा बढी संक्रमितको संख्या हो । यस वडा भित्र दुई जना पुरूष कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । सामुदाय स्तरमा कोरोना भाइरस फैलिएपछि रोकथाम र नियन्त्रण गर्न आइतबार राती १२ बेजेदेखि लागू हुनेगरि ७२ घण्टा विराटनगर ९ को विभिन्न तीन स्थान शिल गरिएको छ । वडा भित्रको विभिन्न स्थान शिल गरेसँगै मानिस र सवारी साधन आवतजावतमा रोक लगाएको छ ।
आजै देखिएको संक्रमित मध्ये विराटनगर ३ का २२ वर्षिय एक महिला र ३१ वर्षिय एक जना पुरूष छन् । विराटनगर ५ का ५७ वर्षिय पुरूष र विराटनगर ७ का १८ वर्षिय पुरूषमा संक्रमण पुष्टि भएको छ । विराटनगरमा सोमबार ९ जना थपिएसँगै संक्रमितको संख्या विराटनगरमा २ सय ९२ पुगेको छ । मृत्युको संख्या चार छ ।
तपाईको प्रतिक्रिया