सहमति विना एमाललेको कार्यदलको बैठक सकियो , वैठक फेरी भोलि बस्ने

खबर पूर्वाञ्चल, २२ असार २०७८, मंगलवार १८:०२

काठमाण्डौ / नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ । एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा आज पनि कुनै सहमति हुन सकेन ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा विवादित विषयमा बुँदागत छलफल अघि बढेको माधव समुहका नेता रघुजी पन्तले बताए । बैठकमा असहमतिका कुरा राखिएको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए । ‘हामीले आज कहाँ–कहाँ हाम्रा असहमतिहरू छन् भन्ने सबै राख्यौं । छलफल सकारात्मक छ, भोलि फेरि बस्छौं,’ बैठकपछि बिष्टले भने ।

कार्यदलका अर्का सदस्य ओली समुहका सुवास नेम्वाङले आज विस्तृत, गम्भीर र सकारात्मक छलफल भएको बताए । ‘अहिलेसम्म भइरहेका घटनाक्रमबारे विस्तृतमा छलफल भयो । भोलि विहान साढे आठ बजे बस्ने गरी आजलाई हामी उठ्यौं,’ उनले भने ।

यसअघि सोमबार साँझ बसेको बैठकले अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै उनले आज फेरि बैठक बस्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५