AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरुवात

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ चैत्र २०८१, शुक्रबार १८:२२
513
Shares
भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरुवात गर्दै मुख्यमन्त्री कार्की । तस्वीर : पुष्पराज थपलिया
विराटनगर/कोशी प्रदेश सरकारले सिमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरु गरेको छ।

आज जोगबनी नाकाबाट स्टिकर टाँस्न सुरु गरिएको हो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरुवात गरेका हुन्।

आगामी २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र सरल होस् भनेर यो अभियान सुरु गरेको हो। भारतबाट आउने पर्यटकहरुलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि यो अभियानलाई कोशी प्रदेशभरि लागू गर्न लागेको हो।

यो स्टिकर टाँसेको सवारी साधनलाई नाकामा चेकजाँच गरेपछि अरु बीचमा प्रहरीले चेकजाँच गर्न नपाउने व्यवस्था गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील खालको सूचना आएमा मात्र त्यस्ता गाडीमा चेकजाँच गरिने जानकारी दिए।

मुख्यमन्त्री कार्कीले सो अभियानको उद्घाटन गर्दै स्टिकर टासेपछि पर्यटकमा हुने अनावश्यक झन्झट र दुःख हट्ने बताए। यसले कोशी प्रदेशको पर्यटन वर्ष सफल हुने उनले बताए।

नेपालीहरूको मूल मर्म अतिथि देव भव भएकाले अतिथिको सम्मान गर्नु हाम्रो दायित्व भएको बताउँदै मुख्यमन्त्री कार्कीले अतिथिहरुलाई सम्मान गरेर पर्यटन वर्ष सफल पार्न आग्रह समेत गरे। उनले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकास सम्भव हुने बताए।

कार्यक्रममा बोल्दै पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटनको माध्यमबाट विकास र समृद्धिलाई अघि बढाउन सबैलाई आग्रह गरे। कोशी प्रदेश सरकारले वैशाख १ गतेदेखि पशुपतिनगर, काँकरभिट्टा, भन्टाबारी र जोगबनी नाकामा स्टिकर टाँस्ने व्यवस्था गरेको छ। प्रहरी र कर्मचारी राखेर सानो कार्यालय समेत स्थापना गरी यो काम अगाडि बढाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर