animated ellipse animated ellipse

मजदुर युनियनद्धारा कोभिड १९ विरुद्धको खोपको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० असार २०७८, बिहीबार १७:३९
468
Shares
विराटनगर / नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन ( क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

आज सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले निर्माण क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सवै मजदुरको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न हुने व्यवस्था गर्न माग गरेको छ ।

सात वटै प्रदेशमा आज एकै पटक ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले बाढी, पहिरोका कारण पीडित तथा प्रभावित भएका परिवारलाई उचित राहत प्याकेजको घोषणा हुनुपर्ने, जिल्ला दर रेटमा ट्रेड युनियनको प्रतिनिधि अनिवार्य हुनुपर्ने लगायतका ६ बुँदे माग सामाजिक विकास मन्त्री राईले बुझाईएको क्युपेक नेपाल प्रदेश १ प्रमुख तथा केन्द्रीय कमिटी सचिव मुक्तिनाथ गिरीले जानकारी दिए । मन्त्री समक्ष गाउँ तथा नगरपालिकामा विकास निर्माणमा काम गर्ने मजदुरको अभिलेख राख्न व्यवस्थाको थालनी गर्न स्थानीय तहलाई निर्देशीत गर्नका लागि पनि ध्यानाकर्षण गराईएको उनले बताए ।

ज्ञापन पत्र बुझ्दै मन्त्री राईले श्रमीकको हकहितको पक्षमा आफुपनि रहेको बताइन् । उनले श्रमीक वर्गको समस्या समाधानका लागि पहल गर्ने पनि प्रतिबद्धता जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर