AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ कारागारमा कैदीको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ श्रावण २०७७, बिहीबार २०:३७
9
Shares
विराटनगर /जिल्ला कारागार मोरङमा डेढ वर्षदेखि कैद भुक्तान गरिरहेका एक कैदीको आज मृत्यु भएको छ ।

कैद सजाय भुक्तान गरिरहेका मोरङको केराबारी गाउँपालिका–४ का २८ वर्षीय रमेश मगरको मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताए । मगर मुटुका बिरामी थिए ।

मुटुमा थप समस्या देखिएपछि उनलाई बिहान उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको केही बेरमै चिकित्सकले मृत घोषित गरेको पोखरेलले बताए । जबरजस्ती करणी र बहुविवाह मुद्दामा अदालतले मगरलाई २०७५ साल पुस १५ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो ।

मृतकको शव परिवारका सदस्यलाई जिम्मा लगाउने तयारी भइरहेको कारागारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर