खबर पूर्वाञ्चल
गैसस महासंघ मोरङको १० जिल्ला अधिवेशनले पन्तको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नवनिर्वाचित जिल्ला उपाध्यक्षमा सरिता खनाल, सचिवमा नवराज निरौला, सहसचिवमा बागमति कट्टेल, कोषाध्यक्षमा प्रतिक्षा वस्नेत निर्वाचित भए । त्यसैगरि सदस्यहरुमा कल्याणी खड्गी, वनेशलाल राजवंशी, भारती पोखरेल, सुवर्ण लावती, माया ओझा, इन्द्रकला भट्टराई, गणेशप्रसाद निरौला, केशव मिश्र, अर्जुन वाँस्तोला, मनोजकुमार विश्वास, प्रकाश परियार र निसार अहमद निर्वाचित भएको निर्वाचन समिति संयोजक कविता वस्नेतले जानकारी दिइन् ।
गैरसरकारी संस्था महासंघ (गैंसस) मोरङको २० औं बार्षिक साधारणसभा तथा १० औं जिल्ला अधिवेशनमा गैसस नेपालका अध्यक्ष राम सुवेदी, उपमहासचिव उमेश विश्वकर्मा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमराज भट्टराईलगायतको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रममा अध्यक्ष सुवेदीले समाजमा विभेदको अन्त्य अझै हुन नसकेको बताए । विभेद अन्त्यका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको उनले बताए । जिल्ला अधिवेशनमा मोरङका १७० गैससका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया