खबर पूर्वाञ्चल
मोरङमा ६, सुनसरीमा २ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २ महिला, ४ पुरुष, सुनसरीको धरानमा एक महिला, एक पुरुष र झापाको बा¥हदशीमा एक पुरुष रहेका छन् ।
प्रदेश १ बाट आजै ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ पुरुष र ३ महिला डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा मोरङका ४ र सुनसरीका ३ जना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य ध्रव उराँवले जानकारी दिए । उनका अनुसार डिस्चार्ज हुनेहरु ६ वर्षीया बालिकादेखि ५० वर्षसम्मका छन् । डिस्चार्ज हुनेहरु जेठ २७ देखि असार १३ गते सम्म भर्ना भएकाहरु रहेको उराँवले बताए ।