animated ellipse animated ellipse

मोरङ र सुनसरीका पाँच स्कुल विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ श्रावण २०८०, बुधबार १८:४४
927
Shares
विराटनगर / दोस्रो संस्करणको एसईई कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सुनसरी र मोरङका पाँच वटा स्कुल विजय भएका छन् ।

विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा बुधबार भएको खेलमा दुहबीको थर्ड आई पब्लिक, विराटनगरको विराट शिक्षा निकेतन, डन बस्को स्कुल, आदर्श मावि र इटहरीको समता स्कुल विजयी भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा थर्ड आई पब्लिक स्कुलले बिनायक बोर्डिङ स्कुललाई ९–० गोलले पराजित ग¥यो । जितको लागि आर्यन राई, सुजन नेपालीले समान २–२ गोल गरे भने सुसान्त चौधरी, अमन माझी, श्याम मलिक, रोजेश राना र रुबिन राईले समान १–१ गोल गरे । खेलको म्यान अफ द म्याच सुसान्त चौधरी घोषित भए ।

दोस्रो खेलमा विराट शिक्षा निकेतन स्कुलले ईडेन स्कुललाई टाइब्रेकरमा ६–५ गोलले निराश बनायो । निर्धातिर समयसम्म १–१ गोलको बरावरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच विराटका एलिस जन कार्की घोषित भए ।

तेस्रो खेलमा डन बस्को स्कुलले प्यारागन एकेडेमी स्कुललाई ११–० गोलको फराकिलो अन्तरले हरायो । जितको लागि डनबस्को तर्फबाट निकुश खतिवडा दोब्बर ह्याट्रिक गर्दै ७ गोल, आशिष कामतले २ गोल, एलियस हास्दा, तनुज राजबंशीले समान १–१ गोल गरे । म्यान अफ दि म्याच ७ गोल गर्ने निकुश खतिवडा घोषित भए ।

चौथो खेलमा आदर्श माबिले जनता माविलाई ४ – २ गोलले पराजित ग¥यो । जितको लागि आर्दशका राहुल मलिन, हिमेश पौडेल, नवराज चौधरी र रितेश शाहले समान १–१ गोल गरे ।

जनताको तर्फबाट सबिन माझी र आयुश राजबंसीले गोल फर्काए । म्यान अफ दि म्याच आर्दशका राहुल मलिन घोषित भए ।

बुधबारको अन्तिम खेलमा समता स्कुलले जेम्स ईन्टरनेशन स्कुललाई ५–२ गोलले पराजित ग¥यो । जितको लागि समता स्कुलका मानव ऊराउले ह्याटिर पुरा गरी चार गोल र छिरिङ शेर्पाले १ गोल गरी टिमको जित सुनिश्चत गरे । जेम्सको तर्फबाट समयन भण्डारी र गौरव भट्टराईले गोल फर्काए । खेलको म्यान अफ द म्याच समता स्कुलका छिरिङ शेर्पा घोषित भए ।

सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको खेलमा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक किक्रम कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर