RUMPUM
animated ellipse animated ellipse

पूर्व विद्यार्थीले जनता स्कुलमा ई–लाइबेरी बनाई दिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ मंसिर २०७९, सोमबार १७:४२
1.49k
Shares
विराटनगर/ विराटनगर २ मा रहेको जनता नमुना माविमा पूर्व विद्यार्थी संघले विद्यालयको स्मारिका र ई–लाइबेरी बनाई दिने भएको छ ।

विद्यालय स्थापना भएको ७० औं वार्षिकउत्सवको अवसरमा आगामी श्रीपञ्चमीको अवसरमा संघले विविध कार्यक्रम आयोजना गर्ने भएको हो ।

सरस्वती पूजाको दिन २००९ सालमा स्थापना भएको विद्यालयमा २०६० सालदेखि जनता मा.वि. पूर्व विद्यार्थी संघ गठन गरिएको छ । त्यसले विद्यालय परिसरमा स्वर्ण महोत्सव समारोहसहित स्तम्भ निर्माण, पुस्तकालय भवनको निर्माण, गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति, कम्प्यूटर ल्याब स्थापना, भूतपूर्व विद्यार्थी स्व.कृष्णप्रसाद भगतको शालिक निर्माण गरिसकेको छ ।

आगामी कार्ययोजनामा सरस्वती पूजाको दिन भव्य कार्यक्रम आयोजना गर्ने, सरस्वती मूर्ति स्थापना गर्ने, विद्यालयको ७० वर्षे इतिहास शिक्षकहरुको जीवनी, उत्कृष्ट विद्यार्थीहरुको परिचय एवं तथ्य झल्किने गरी स्मारिका प्रकाशन र विद्यालयको पुस्तकालयलाई ई–लाईब्रेरी बनाउने योजना राखिएको छ ।

यसैगरी तालिम तथा सेमिनार र सूचना प्रविधिको विषयमा जानकारी गराउने कार्ययोजना राखिएको पूर्व विद्यार्थी संघ संयोजक उमेशकुमार भगतले जानकारी दिएका छन् । भावी कार्ययोजना सोमबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. Very good job done by ex. Students,its very nice to here that they are contributing for the school where from we all grown.

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर