RUMPUM
animated ellipse animated ellipse

कान्पिुर स्कूलमा उत्कृष्ट विद्यार्थी पुरस्कृत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७७, बुधबार ०७:४६
1.26k
Shares
विराटनगर / विराटनगर–१० मा रहेको कान्तिपुर माध्यमिक विद्यालयमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

शिशु कक्षादेखि कक्षा– १२ सम्म पढाउने कान्तिपुरमा प्रत्येक त्रैमासिक परीक्षामा शिशु कक्षादेखि कक्षा – १० सम्मको उत्कृष्ट हसने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । कोरोना भाइरसको कारणले लामो समयसम्म विद्यार्थीहरु पठन पाठनदेखि टाढा भएको अवस्थामा पढाई प्रति थप उर्जा जगाउनको लागि यस्तो कार्यक्रम गरिएको स्कूलको भाईस प्रिन्सिपल देविलाल महतोले बताए ।

विद्यालयको अध्यक्ष प्रो. डा. टिएन मण्डल, प्रिन्सीपल भेषराज नेपाललगायत अरु संस्थापकहरुले विद्यार्थीहरुलाई मनोवल वढाउनको लागिआ–नो मन्त्वय राखे ।

यसरी नै आउने दिनहरुमा पनि विद्यालयले विद्यार्थीको चौतर्फी विकासको लागिथप कार्यक्रमहरु गर्दै जना विद्यालयका निर्देशक रोशन राजवंशीले जनाए । विद्यालयमा कक्षा शिशुदेखि कक्षा १० सम्म ६ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर