खबर पूर्वाञ्चल
नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सोमबार वृद्धाश्रममा तीज विशेष कार्यक्रम आयोजना गरेको हो ।
वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई रमाइलो गराउने उद्देश्यले औषधी व्यवसायी संघ मोरङले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्ने गरेको प्रवक्ता तथा संघका उपाध्यक्ष देशबन्दु ढकालले जानकारी दिए । वृद्धाश्रमा ६५ जना भन्दा बढी ज्येष्ठ नागरिक रहेका छन् ।
कार्यक्रममा बोल्दै विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद आर्यालले चाडपर्वको बेलामा तीज विशेष कार्यक्रम ज्येष्ठ नागरिकहरुको लागि अविसमरिण हुने बताए । उनले यस्ता कार्यक्रमहरुले ज्येष्ठ नागरिक वृद्धा आमाहरुलाई घर परिवारको सम्झना पनि केही हदसम्म कमी हुने बताए ।
संघले आयोजना गरेको तीज विशेष कार्यक्रमको संयोजक सरीता श्रेष्ठ चौधरी रहेकी थिइन् । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले नेपालीहरुको महान चाड तीज पर्वमा यस्ता कार्यक्रममाले समाजमा भाइचारा कायम गर्ने बताए । संघले यसअघि पनि वृद्धाश्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर खाद्यान्य, स्वास्थ्य सामाग्रीहरू पनि बितरण गर्दै आएको थियो ।