AArya
RUMPUM
animated ellipse animated ellipse

अण्डरवेयर भित्र तस्करीले लुकाएर ल्याएको साढे २४ तोला सुनको गहना र हुण्डीको ६ लाख ६२ हजार नगदसहित भारतीय पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०७७, शुक्रबार १८:०७
2.23k
Shares
विराटनगर/तस्करले गोप्य अङ्गभित्रको वस्त्रमा लुकाएर ल्याएको साढे २४ तोला सुन र अवैध हुण्डीको नगदसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको आँखा छल्नकालागि ‘अण्डरवेयर’ भित्र लुकाएर भारतदेखि तस्करी गरि नेपालतिर ल्याउँदै गरेको साढे २४ तोला सुनको गहना र हुण्डीको अवैध ६ लाख ६२ हजार ६ सय ५० रुपैयाँसहित सशस्त्र प्रहरीले २५ वर्षीय भारतीय नागरिक दीपककुमार भगतलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) रानीले विराटनगर १७ इस्लामपुरबाट भारतको अररिया जिल्लाको जोगवनी नगर पञ्चायत १३ घर भएका भगतलाई बिहीबार साँझ अवैध सुनसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बिओपी रानीका प्रमुख प्रहरी निरिक्षक मौसम पोखरेलको नेतृत्वमा खटिएको टोलीले भगतको साथबाट २८९.४४० ग्राम सुनको गहना बरामद गरेको हो । जुन तोलामा साढे २४ तोला हुन आउँछ । सशस्त्र प्रहरीले उनको साथबाट लकेट ३७ थान, हातमा लगाउने ब्रास्केट ४ थान, झुम्का १० थान, चुरा २ थान र मोवाइल एक थान बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।

भगतले सुनको गहना अन्डरवेयरभित्र र कम्बरमा पटुवा बाधेर लुकाएको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको हो । ‘तस्करीको सुन नेपाल छिराउन भरियाले निक्कै चलाखी गरेको पाइयो,’ उहाँले भन्नुभयो, ‘सुनको गरगहना अन्डरवेयरभित्र कम्बरमा बाधिएको अवस्थामा भेटियो भने जुत्ताभित्रको मजामा टेपले बाधेर ६ लाख ६२ हजार ६ सय ६२ रुपैयाँ राखेको भेटियो छ ।’

बरामद भएको सुन गरगहना र नगदसहित पक्राउ परेका अभियुक्तलाई सशस्त्र प्रहरीले आवश्यक कारवाही र अनुसन्धानको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । सुनको गहना र हुण्डीको पैसाँ ल्याउने भगत भरिया रहेको खुलेको छ ।

विराटनगरमा हुण्डीको कारोबार गर्ने र विराटनगरका सुन पसल ल्याउने गरेको सुरक्षा स्रोतको भनाई छ । नेपालबाट काँचो सुन तस्करी भइ भारत र्पुयाएर आर्षक गरगहना बनाएर ल्याउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर