विराटनगर / विराटनगरमा भर्खरै सम्पन्न भएको मिस्टर एण्ड मिस पूर्वाञ्चल प्रतियोगितामा विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजका कक्षा–१२ का छात्र रमननाथ गिरीले उपाधि जित्न सफल भएका छन् ।
प्रतियोगितामा १० जना प्रतिस्पर्धीलाई उछिन्दै गिरीले ताज हात पार्न सफल भएका हन् । विजेता गिरीले नगद ३१ हजारसहित एक बर्ष क्लासीकटेकको निशुल्क इन्टरनेट सेवा , ए बी ड्राइभिंग स्कुलबाट तालिम लगायत गिफ्ट ह्यामपर्स प्राप्त गरेका थिए ।
विजय पछि खुशी ब्यक्त गर्दै रमनले मेरो सफलतामा कलेजको ठुलो योगदान रहेको उनले बताए । उनी पढाइमा पनि उतिकै राम्रो रहेको कुरा कलेजका प्रिन्सिपल लक्षमण ढकालले बताए । रमनले नै पुष महिनामा डिग्रीमा विराट एक्सपोमा आयोजित मेलामा सिङगीङ्ग आइडल प्रतियोगितामा तेश्रो इस्थान प्राप्त गरि १५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।त्यस्तै मेरिल्याण्ड कलेजका छात्र प्रियम अग्रवालले सिएको इन्टरमेडीएट लेभेल (भारत ) मा दुईवटै ग्रुप एकैचोटीमा ७०५ अंक ल्याएर सफल भएका छन् त्यस्तै भारतको सिलिगुडीको परिक्षाकेन्द्रमा ३ हजारभन्दा बढी विधार्थीहरुले परिक्षा दिएकोमा अग्रवाल दोश्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।
तपाईको प्रतिक्रिया