झापा / झापाको दमक नगरपालिका ३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ४ घर जलरे नष्ट भएका छन् भने अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको छ ।
आज बिहान राती २ बजेको समयमा शिविरको वि ३ हट नम्बर २६० मा रहेको टिकाराम चापागाईको घरबाट अचानक आगलागी भई चापागाईसहित छिमेकी पदम चापागाई, रुपनारायाण दुलाल र हर्कबाहदुर सुब्बाको समेत घर जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा डेढ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको तथा कुनै मानवीय र चौपाया क्षति नभएको दमक प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया