वेलबारी / मोरङ वेलबारी नगरपालिकामा श्रीमतीको हत्य गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
हत्याको आरोपमा वेलबारी नगरपालिका–७ का ५६ वर्षिय अम्बिका घिमिरे पक्राउ परेका छन् । घिमिरेले ४८ वर्षिया सिता घिमिरेलाई काठको मुङ्ग्रोले प्रहार गरेर हत्या गरेका हुन् ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई हत्यामा संलग्न घिमिरेलाई घरबाट २ किलोमिटर दक्षिणमा गुवालीमा लुकी छिपी बसेको अबस्थामा आज पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
शुक्रबार वेलुका अम्बिकाले मादक पदार्थ सेवन गरी घरमा गएको र श्रीमतीसँग सामान्य वादविवाद भई दुवै जना सुतेको र राती उठी एक्कासी आवेसमा आई काठको मुङ्ग्रोले निधाई रहेकी श्रीमती सिताको वाँया कन्चटमा चार । पाँच पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका अम्बिका घिमिरे उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भई रहेको मोरङ प्रहरीले जनाएको छ ।