animated ellipse animated ellipse

नेपाल प्रजातान्त्रिक सम्पर्क माहासंघको संयोजक र महासचिव तोकिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० असार २०७७, शनिबार १९:५६
18
Shares
विराटनगर / नेपाल प्रजातान्त्रिक सम्पर्क माहासंघको प्रदेशका संयोजक र महासचिवहरु चयन भएका छन् ।

प्रदेश १ को संयोजकमा निखिल पोखरेल २ मा संभुनाथ यादव ३ मा भक्तराज भुसाल ४ मा भरतराज शर्मा ५ मा चित्रबहादुर केसी ६ मा गोविन्द बहादुर मल्ल र ७ गोविन्द राम परियार तोकिएका छन् ।

त्यसै गरी १ देखि ७ सम्म महासचिवहरुमा सर्मिला अधिकारी, पञ्चलाल महतो, हुमबहादुर खत्री, बोधराज ढकाल तुलसी पाण्डे, चन्द्र थानी र नाफुसिं साउद छन् । प्रदेश १ मा प्रवत्ताका रुपमा चयन भएका सुजन दाहालका अनुसार अहिले संस्था देशैभरी निर्माण हुने क्रममा छ ।

लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास गर्दै प्रजातान्त्रिक अधिकार संरक्षण गर्न संस्था कृयासिल हुने दाहालले बताए । उनका अनुसार संस्थाले देशैभरी प्रजातान्त्रीक विचारका बुद्धिजिविहरुलाई समेट्दै प्रजातान्त्रिक अधिकार, लोकतन्त्र गणतन्त्रका विषयमा छलफल बहस र अन्य सृजनात्मक काम गर्नेछ ।

दाहालले १ नंबर प्रदेशमा पनि समिति बनिसकेको र त्यसले अब द्रुत गतिमा काम सुरु गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर