खबर पूर्वाञ्चल
लावती परिवार पाँचथरले विराटनगरमा आयोजना गरेको कार्यक्रममा डा. भरत सुब्बा, प्राज्ञ विवश पोखरेल, वरिष्ठ समालोचक दधिराज सुवेदी, अग्रज साहित्यकार मधु पोखरेल, देवी पन्थी, सरला चापागार्इंलगायतले संयुक्त रुपमा उपन्यासको विमोचन गरेका छन् ।
उपन्यासको समीक्षा गर्दै वरिष्ठ समालोचक दधिराज सुवेदीले लिम्बू संस्कृति र संस्कारले भरिएको उपन्यासले पूर्वी पहाडी जिल्लाको जनजीवनलाई प्रस्तुत गरेको बताए । उनले गाउँले बोलचालको भाषालाई उपन्यासमा उठाइएको बताए । त्यस्तै समीक्षक हरि कट्टेलले उपन्यासमा कतै पनि खोट लगाउने ठाउँ नभएको बताए । पाँचथर र तेह्रथुमतिरको लिम्बू समाजको सांस्कृतिक सौन्दर्य बुझ्न उपन्यासले प्रभावकारी भूमिका निर्वाह गरेको उनले उल्लेख गरे । भाषाशैली सरल भएकाले पाठकले सजिलै बुझन सकिने उनले बताए ।
कार्यक्रममा समालोचक हरिप्रसाद बरालले उपन्यासमा राणाकाल र प्रजातन्त्रकालमा गरिने दमन, शोषण र अत्याचारसँगै कारुणिक र संघर्षलाई देखाएको बताए । २५ भागमा लेखिएको उपन्यास प्रगतिशील, संघर्षशील र सत्य घटनामा आधारित भएको उनले बताए ।