RUMPUM
animated ellipse animated ellipse

मेयर कोइरालाको नेतृत्वमा विभिन्न योजनाहरुको अनुगमन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ जेष्ठ २०८०, सोमबार १७:३९
342
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरका विभिन्न वडामा चालु आर्थिक वर्षको बजटेबाट सम्पन्न योजनाहरुको अनुगमन गरे ।

उपमेयर शिल्पा निराला कार्की र प्राविधिकसहित विभिन्न वडा पुगेका मेयर कोइरालाले सडक र सामुदायिक भवनहरुको अनुगमन गरेका हुन् । ठेक्का सम्झौताअनुसार काम भए÷नभएको उनले जानकारी लिए । सम्झौताअनुसार काम नभएसम्म भुक्तानी नदिनसमेत उनले बताए । अधिकांश ठाउँमा सम्झौताअनुसार काम भए पनि केही ठाउँमा भने नभएको पाइएको मेयर कोइरालाको भनाइ थियो । उनले सम्झौताअनुसारको काम नभएसम्म महानगरबाट भुक्तानी नदिने प्रस्ट पारे ।

आज वडा नम्बर १, २, ६, ७, ९ र ११ नम्बर वडाका करिब २२ वटा योजनाहरुको अनुगमन गरिएको उपमेयर निरौलाले जानकारी दिइन् । सो क्रममा वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारी, ११ का तीर्थेन्द्र नेउपाने, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, ६ का हरिश्चन सहनी, इन्जिनियर अर्जुन थापासहित प्रमुख र उपप्रमुखको सचिवालयको टिम तथा प्राविधिकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर