संक्रमित भेटिएपछि विराटनगरका दुईवडा सिल

खबर पूर्वाञ्चल, ५ जेष्ठ २०७७, सोमबार ०८:४४

विराटनगर/ आईतवार विराटनगरमा दुई  जनामा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाको दुई वडालाई आज विहानैबाट सिल गरिएको छ ।

विराटनगर ६ र १५ वडामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबार साँझ बसेको जिल्लास्थित सुरक्षा निकायको आकस्मिक बैठकले वाडालाई सिल गर्ने निर्णय गरेको थियो ।

आज विहानदेखि दुवै वडामा मानिसको आवत जावत र पसलहरु बन्द गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार दुईवटै वडामा औषधी, दुध र पानी बाहेक सवै प्रकारको सवारी साधन, आवत जावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको हो ।

सुरक्षा निकायबीच आइतबार साँझ अनलाईन (भिडियो कन्फरेन्स) सुरक्षा बैठक बसेको थियो ।

सिल गरिएसँगै तीन क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी कडाई गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५