AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विद्युतीय सवारी साधन उत्पादन गर्न नेपाल र कोरियाका दुई कम्पनीबिच सम्झौता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७९, शनिबार १६:४४
2.12k
Shares
विराटनगर / प्रदेश १ मा विद्युतीय सवारी साधन उत्पादन गर्न नेपाल र कोरियाका दुई कम्पनीबिच सम्झौता भएको छ ।

हिजो कोरियामा भएको सम्झौतामा नेपालको एन के मोटर्स प्रालि र कोरियाको एसडीके कम्पनी बिच सम्झौता भएको हो ।

सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनीका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका हुन् । एन के मोटर्सका प्रबन्ध निर्देशक टिआर ढकालको उपस्थितीमा भएको सम्झौता अनुसार करिब तीन अर्ब रुपैयाँको द्धिपक्षीय लगानीमा कोरियन प्रविधिमा आधारित विभिन्न विद्युतीय सवारी साधन उत्पादन गरिने छ ।

उद्योग स्थापनाका नेपालको प्रदेश १ भित्रकै उपयुक्त स्थानमा गरिने जानकारी दिँदै एनके मोटर्स प्रालिका अध्यक्ष पुरीले विद्यालय तथा कलेज बस र निजी तथा सार्वजनिक सवारी साधनहरु यस कम्पनीले उत्पादन गर्ने बताए ।

उनका अनुसार यहि मार्चमा कोरियन कम्पनीको प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरि उपयुक्त स्थानको छनौट गरिनेछ भने एक वर्षभित्र नै उत्पादनहरु बजारमा पठाउने लक्ष्य राखिएको छ ।

अध्यक्ष पुरीले नेपालमा विद्युतीय सवारी साधनको माग बढ्दै गएका बेला प्रदेशभित्र नै यस्ता सवारी साधनको उत्पादन गर्नका लागि यो प्रयास थालिएको भन्दै यसकालागि प्रदेश सरकारसँग पनि आवश्यक समन्वय गरिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर