ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवनको उद्‍घाटन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ मंसिर २०८१, बुधबार १९:००
63
Shares
सुनसरी / सुनसरीको बराहक्षेत्रनगरपालिकाका १ मा रहेको प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवनको उद्‍घाटन भएको छ ।

आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा बराह क्षेत्रनगरपालिकाका उप(प्रमुख नन्द कुमारी सुनुवारको अध्यक्षतामानव निर्मित प्रहरी चौकीकोशिलालेख अनावरण गरी भवनको बिधिवत रुपमा उद्घाटन गरेको हो।

नव निर्मित भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुखखापुङलेधरतीको पहिलो तिर्थ स्थल बराहक्षेत्रमा प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवन निर्माण सम्पन्न भई उद्घाटन भएकोमा निर्माण कार्यमा सहयोग पुर्यारउनु हुने सम्पुर्ण महानुभावहरुमा वधाई तथा धन्यवाद व्यक्त गरे ।

आगामी दिनहरुमाजन स्तरमा प्रहरीले प्रदान गर्नेशान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा जन चाहना वमोजिमको प्रहरी सेवा प्रदान हुनेमा आफु विश्वस्त रहेको उनले वताए।

उनले प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नयाँ भवन प्राप्त भए संगै आम नागरिकमा प्रहरीले प्रदान गर्ने सेवामा थप गुणस्तर सहितको प्रहरी सेवा प्रदान गर्नतथा भवनको सरसफाई रेखदेख संरक्षण नियमितरुपमागर्नसमेत निर्देशन दिए।

नव निर्मित भवनको उद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भौतिक पूर्वाधार शाखाका प्रहरी उपरीक्षक आर्किटेक हरी डंगोलले भवन निर्माण सम्वन्धि प्रतिवेदन प्रस्तुत गरे ।

नेपाल सरकारको नियमित बजेट ३ करोड १९ लाख ४० हजाररुपैयाको लागतमाअढाई तल्ले सुबिधा सम्पन्न कार्यालय भवन, भान्साघर तथा शौचालयको निर्माण कार्य सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर