animated ellipse animated ellipse

रविदानन्द चौधरी स्मृति कपकाे उपाधि रंगशाला भेट्रानलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ कार्तिक २०८१, बुधबार २१:४०
495
Shares
विराटनगर / प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको उपाधिको विराटनगरकाे रंगशाला भेट्रान क्लबले जितेकाे छ ।

फाइनलमा पुगेकाे विराटनगरको विराट युनाइटेड भेट्रान क्लब फाइनल खेल्न नआएपछि वाकओभरकाे आधारमा रंगशाला भेट्रान क्लबले आजका  उपाधि जितेकाे हाे । जितसंगै रंगशाला भेटानले नगद ३१ हजार रुपैयाँ जितेकाे छ ।

टाईगर क्लव ग्रामथानकाकाे आयाेजनामा भएकाे प्रतियाेगितामा ८ वटा टिमकाे सहभागी रहेकाे थियाे ।

मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा आइतबार अन्तिम सेमिफाइनल खेलमा भएकाे थियाे । मंगलबार गर्ने भनेकाे फाइनल खेल विराटले नभ्याउने भनेकाे कारणले बुधबार सारिएको अध्यक्ष टाईगर क्लव ग्रामथानका अध्यक्ष मुक्ति गच्छदारले बताए । ` विराटकाे आग्रहमा हामीले बुधबार फाइनल राखिएको हाे । अन्तिमसम्म पनि नआएपछि वाकओभरकाे आधारमा हामिले रंगशाला भेट्रान क्लबलाई बिजेता घाेषणा गरेका हाैं,´ उनले भने ।

बिजेता हुने टिमलाई समाजसेवी प्रमुख अतिथि उषादेवी चाैधरी, अध्यक्ष टाईगर क्लव ग्रामथानका अध्यक्ष मुक्ति गच्छदारलगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर