खबर पूर्वाञ्चल
आज महानगरपालिका–४ पिपल चौकस्थित शाखाको उद्घाटन गर्दै मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले उद्योग क्षेत्रमा युवा समूहको उपस्थितीलाई बढाउदै लैजानुपर्नेमा जोड दिए । कोभिड महामारीबाट तङ्ग्रिन समेत नपाइरहेको अवस्थामा युवा उद्यामी ब्यवसायमा आउनु सुखद सन्देश भएको उनले बताए ।
सो क्रममा हाइलेक्सका निर्देशक विश्वनाथ आचार्यले काठमाण्डौलगायत विभिन्न स्थानमा बिक्री कक्ष रहेपनि प्रदेश १ को राजधानीमा पहिलो सुरुआत भएको जानकारी दिए । विराटनगरका आचार्यसंगै जितेश कोइराला, सुभाष भगतले संयुक्त रुपमा सञ्चालनमा ल्याएको शाखामा करिब ३ करोडको लगानी पुगेको आचार्यले जानकारी दिए ।
हाल सञ्चालनमा आएको शाखामा १ सय रुपैयादेखि ५ लाखसम्मका बाथरुम र किचेनका सामाग्री उपलब्ध रहेको छ । शाखामा, बाथरुमका समान बेशिन, बाथटब, बेशिन, स्पा, ज्याकुजीसंगै किचेनतर्फ चिम्नी, ग्याँस हब, धारा, सिन्क स्टिम, वनपिस ट्वाईलेटका सामाग्री राखिएका छन् । भारतको गुजरातबाट सुरु भएको यस ब्राण्डको विभिन्न उत्पादन पछिल्लो समय चीनबाट हुदै आएको छ । काठमाण्डौसंगै यसका शाखाहरु नारायणगढ, पोखरा, बुटवल, इटहरी, धरान, दमक, विर्तामोडलगायतमा समेत रहेकाछन् ।