खबर पूर्वाञ्चल
मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो सभालाई आज विराटनगरमा सम्बोधन गर्दै कोशी सरकारका मुख्यमन्त्री कार्कीले एक बर्षभित्र देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयलाई अस्पताल हस्तारन्तरण गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।
सभामा बोल्दै मुख्यमन्त्री कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्याय मात्र नभएर कोशी प्रदेश सरकारको गौरव पनि भएकोले स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु चाँडो सञ्चालन गराउन अस्पताल हस्तान्तरण गर्न चासो दिने बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेशको ठूलो कोशी अस्पताल संघले आफै मातहत राखेकोले अस्पताल हस्तान्तरण गर्न ढिलाई भएको भन्दै तर अब एक बर्षभित्र अस्पताल विश्वविद्यालयका लागि स्थापना गरिसक्ने बताए । कुलपति कार्कीले भने , ‘अर्को सभामा आउँदा विश्वविद्यालयले अस्पताल प्राप्त गरेर शैक्षिक कार्यक्रम सुरु गरिसकेको हुनेछ , सरकाले सकभर भएकै मध्येबाट नभए नयाँ स्थापना गरेर भएपनि अस्पताल हस्तान्तरण गर्नेछ ।’,
मुख्यमन्त्री कार्कीले चार बर्ष अघि प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको प्रगती छोटो समयमा पनि सन्तुष्ट लायक रहेको भन्दै अझै प्रगती बृद्धि गराउन आफुहरु लागिपर्ने बताए । उनले चार बर्षसम्म विश्वविद्यालय आफनै आन्तरिक संरचना , ऐन कानुन र पाठयक्रमहरु निर्माणमा धेरै समय खर्च गर्नुपर्दा एकैचोटी तीन बटै स्कुलका सबै शैक्षिक कार्यक्रमहरु सञ्चालन हुन नसकेपनि अब भने विश्वविद्यालयले गति लिने बताए ।
उनले प्रदेश सरकार पनि नयाँ भएकोले विश्वविद्यालयको प्रगतीमा दिनुपर्ने जति चासो दिन नसकेको तर अब बजेटमा पनि सकेसम्म कमी हुन नदिने प्रतिबद्धता पनि जनाए ।
मुख्यमन्त्री कार्कीले सचिवहरुलाई निर्देशन दिदै भने , ‘ प्राविधिक विश्वविद्यालयको गौरब प्रदेश सरकारसँग पनि जाडिएकोले अब सकेसम्म बजेटमा कमी हुने दिनुहुदैन सचिव ज्युहरुले बिशेष ख्याल गरिदिनुहोला ।’
मनमोहन विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले आफनै अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक बिषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाएकोले चाँडै अस्पताल हस्तान्तरण गराउन विश्वविद्यालयका कुलपति तथा कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई जानकारी गराएका थिए ।
कोशी प्रदेश सरकारले आफनै ऐन बनाएर २०७६ मा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यायले आफनो अस्पताला नहुँदा अझै स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाएको छैन । मनमोहनले तीनवटा स्कुल स्थापना गरेर ईन्जिनियरिङग , फार्मेसीमा स्नातक र अस्पताल व्यावस्थापन विषयमा स्नातोकोत्तरको कक्षा संचालन गरिसकेको छ । तर आफनै शिक्षण अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रका अन्य विभिन्न प्राविधिक विषयहरु सञ्चालन गर्न पाएको छैन ।