AArya
RUMPUM
animated ellipse animated ellipse

बीमा रकम हिनामिना गरेको आरोपमा सन नेपाल लाइफ इन्सुरेन्सका शाखा प्रमुख सन्तोष अधिकारी पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०८२, बुधबार २०:०५
5.11k
Shares
विराटनगर / बीमा रकम हिनामिना गरी ठगी गरेको आरोपमा प्रहरीले सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीका विराटनगर शाखा प्रमुख सन्तोष अधिकारीलाई पक्राउ गरेको छ।

मोरङको केरावारी गाउँपालिका ९ निवासी ३७ वर्षीय नईन्द्र विश्वकर्मा वैदेशिक रोजगारीका लागि २०८० मा बहराइन गएका थिए। गम्भीर मृगौला रोगका कारण २०८१ मा नेपाल फर्किएका उनको उपचारकै क्रममा निधन भएको थियो।

मृतकको श्रीमती भीमकुमारी विश्वकर्माले आफूले पाउनुपर्ने बीमा रकम १३ लाख रुपैयाँ दाबी गर्न नेपाल लाइफ इन्सुरेन्सको विराटनगर शाखामा सम्पर्क गरेकी थिइन्। शाखा प्रमुख अधिकारीले बीमा प्रक्रियाबारे अज्ञान भएकी भीमकुमारीलाई झुक्याएर विभिन्न कागजातमा सहीछाप गराई, ग्लोबल आइएमई बैंकमा एकल तथा संयुक्त खाता खोल्न लगाएर चेकबुकहरू आफूसँग राखेको अनुसन्धानबाट खुलेको छ।

जब भीमकुमारीले बीमा रकम भुक्तानीको क्रममा जम्मा ५ लाख ७६ हजार रुपैयाँ मात्र प्राप्त हुने जानकारी पाइन्, तब उनले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएकी थिइन्।

अनुसन्धानमा अधिकारीले भीमकुमारीको नाममा १५ वर्षे अवधिको बीमा गराई वार्षिक ७० हजार रुपैयाँ तिर्ने व्यवस्था गरेको फेला परेको छ। साथै, मृतकका नाति प्रतिक विश्वकर्मा र पहिलो श्रीमती मिरा विश्वकर्माको नाममा समेत बीमा गरी आर्थिक भार सिर्जना गरिएको पाइएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीका अनुसार, विश्वासघात गरी झुक्याएर ठगी गरेको आरोपमा सन्तोष अधिकारीलाई नियन्त्रणमा लिई आपराधिक विश्वासघात तथा ठगी मुद्दामा अनुसन्धान थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर