AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा १० जना चिकित्सकसहित प्रदेश १ मा थप २१ जनामा कोरोना संक्रमित पुष्टि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ श्रावण २०७७, मंगलवार १७:२६
3
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा १० जना चिकित्सकसहित प्रदेश १ मा थप २१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।

आज मोरङमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जना संक्रमित पुष्टि भएको हो । मोरङको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला, झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा थपिएका संक्रमित मध्ये कोशी अस्पतालका ७ जना स्वास्थ्यकर्मी, विराट नर्सिङ्ग होमका १ चिकित्सकसहित ३ जना स्वास्थ्यकर्मी र समुदायका अन्य ६ जना रहेका छन् । विराटनगरमै अस्थायी बसोबास गर्दै आएका झापाका दुई जनामा पनि संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ८ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ । १ सय ९९ महिला र ६ सय २४ को परीक्षण गर्दा ६ महिला र १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।

प्रदेश १ मा आज सम्म ४० हजार ८ सय ४१ जनाको कोरोना परीक्षण गरिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर