खबर पूर्वाञ्चल
आआफ्नो क्षेत्रमा स्थापित सातै कविहरु नेपाली कविताको शक्ति, शौन्दर्य र गाम्भीर्यप्रति सचेत देखिन्छन् । उनीहरुका कवितामा देशको पछिल्लो तस्वीर मात्र होइन यो पुस्ताले भोगेको त्रासदीपूर्ण जीवन र संभावनाको अनन्त उज्यालो पढ्न सकिन्छ । द्धन्द्धको घाउ र राजनीतिक पटाक्षेपसंगै मानिसको बाँच्ने चाहना र त्यसकालागि गरिने संघर्ष कवितामा अनुभूत हुन्छ ।
विषम परिस्थिति र विसंगत समयमाथि लेखिएका अब्बल कविताहरुले नेपाली कविताका पारखीहरुलाई सन्तुष्ट पार्ने प्रकाशकको विश्वास छ । समवयी सृजन कौशलसहित चालीसदेखि पचासको दशकसम्ममा स्थापित सर्जकहरुको काव्यिक सोचको एक मुष्ट साक्षीको रुपमा‘यतै कतै’ कृतिको प्रकाशन गरेको विएन पुस्तक संसार प्रालिका प्रमुख सूर्य विसीले जनाएका छन् ।
कविताको क्षेत्रमा स्थापितयी सात कविहरुले ‘पी सेभेन’ समूह गठन गरि कविताको अध्ययन, अनुसन्धान र अनुवादका कामहरु गर्ने जनाएका छन् ।