animated ellipse animated ellipse

जलवायु अनुकुलित कृषिकालागि तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ मंसिर २०८०, बिहीबार १३:००
126
Shares
विराटनगर / कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परी चुनौती खेपिरहनु परेको वर्तमान सन्दर्भमा जलवायु अनुकुलित कृषिकालागि भू–समयखण्ड (जियोस्पासियल) प्रविधिहरुको एकीकृत प्रयोगका विषयमा चार दिवसीयतालिमयहाँ सम्पन्न भएको छ ।

तालिमको उद्घाटन गर्दै परम्परागत कृषि प्रणालीमा परिमार्जन गरी कृषि कार्यलाई सजिलो पार्न आधुनिक डिजिटल प्रविधिहरुको प्रयोग आवश्यक भएको महसुस गरी तालिमको आयोेजना गरिएको आयोजक मध्य पश्चिम विश्व विद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन डा. सुदीप ठकुरीले बताए । सो तालिममा जीआईएस सफ्टवेयर खोज्ने तरिका, तिनीहरुको डाटाफ्रेमका कुरा, कस्तो ठाउँमा कस्तो बाली उपयुक्त हुने भन्ने विषयमा जीआईएस विज्ञ विष्णु महर्जनले सहजीकरण गरे ।

कृषिमा यस्ता नवीतम् प्रविधिहरुको प्रयोग विश्वस्तरमा के कसरी भइरहेको छ र नेपालको अवस्था के हो भ्रन्ने बारेमा डा. उत्तमबाबु श्रेष्ठले तालिम दिए । त्यसैगरी कृषिमा जमिनको छनौट र म्यापिङ (चित्रकरण)का बारेमा समेत सिकाइएको थियो । जलवायुको प्रभावलाई पञ्छाउने, उपयुक्त स्थानमा उपयुक्त बाली लगाउने र फलाउने क्लाइमेट स्मार्ट कृषिको बारेमा किरण तिमिल्सिनाले तालिम दिए । यसका साथै सुपर कृषि र जियोकृषिको बारेमा सहभागीलाई प्रशिक्षित गरिएको थियो ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान् (नास्ट)का सह–प्राज्ञ डा. इन्द्रमणि भगतले आजको युगमा नवीतम् प्रविधिहरुको प्रयोगको आवश्यकतालाई पहिल्याउन सकेकोमा आयोजकलाई धन्यवाद दिए ।

तालिम सञ्चालन परियोजनाका संयोजक डा.पुष्पराज आचार्यले प्रशिक्षार्थीहरुले सिकेका कुरालाई व्यवहारमा ल्याएर कृषिको माध्यमबाट मानव जगतलाई योगदान पुग्ने विश्वास व्यक्त गरे । एशिया प्यासिफिक नेटवर्कको सहयोगमा नेपाल, भूटान र पाकिस्तानमा यो परियोजना सञ्चालनमा रहेको छ भने नेपालमा मुख्य सञ्चालक मध्य पश्चिम विश्व विद्यालयल(मपवि)लगायतआधा दर्जन अरु संस्थाहरु रहेको मपविका डा. आचार्यले बताए ।

तालिममा कोशी प्रदेशका कृषि अधिकृतहरु, कृषि, वन तथा वातावरण विषयका प्राध्यापकहरु र अनुसन्धान तहका विद्यार्थीहरुसहित ३० जनाको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर