ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सत्ता लम्ब्याउन मात्र ओलीले प्रतिनिधिसभा विघटन गरेको हो –अध्यक्ष यादव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ पुष २०७७, शनिबार १९:२५
279
Shares
विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता लादेर मुलुकलाई प्रतिगमनतर्फ धकेलेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले त्यसविरुद्ध संयुक्त आन्दोलनमा जोड दिएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध पार्टीले आज विराटनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै यादवले ओलीको नियत, चिन्तन र चरित्र नै अग्रगमनको बाटो रोक्ने भएकोले उनले निर्वाचन गर्छन् भन्ने भ्रममा नपर्न नेपाली काँग्रेसलाई समेत आग्रह गरे ।

‘संविधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले आफ्नै पार्टीको बहुमत रहेको प्रतिनिधिसभा विघटन गरेका छन्’ यादवले भने, ‘उनले सत्ता लम्ब्याउन मात्र प्रतिनिधिसभा विघटन गरेको भएपनि उनको प्रतिगामी कदमविरुद्ध सिंगो मुलुक आन्दोलित हुनुपर्छ ।’ ओलीको कदमपछि निर्वाचनमा जाँदा आपूmहरुलाई लाभ हुने भएपछि ओलीले निर्वाचन नगर्ने र उनको कदमले परिवर्तनका एजेण्डा थप संकटमा पर्ने भएकोले संयुक्त आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष यादवले सरकारले राजनीतिक दललाई कमजोर पारेको, संवैधानिक अङ्गमा कब्जा जमाएको आरोप लगाउँदै सरकारले शिक्षा, स्वास्थ्यमा सुधार नगरेको स्पष्ट पारे । उनले कृषिलाई आधुनिकीकरण गर्न सरकार सफल नभएको तर्क गर्दै जनताका बलिदानबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न सबै एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिए ।
ओलीको प्रतिगामी र निरंकुश कदम विरुद्ध संयुक्त आन्दोलनमा सहभागी हुन नेपाली काँग्रेससहितका शक्तिहरुलाई यादवले आह्वान समेत गरे ।

यादवले राजनीतिक समस्या राजनीतिकबाट नै समाधान हुने भन्दै जनताका अधिकार खोसिएमा जनता अदालतमा जाने धारणा राखे । उनले जनविद्रोह र जनसंघर्षका लागि आमसमुदायलाई तयार रहन आग्रह गर्दै काम चलाउन सरकारले मन्त्रिमण्डल विस्तार गरेर संविधान माथि प्रहार गरेको समेत आरोप लगाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर