खबर पूर्वाञ्चल
विराटनगर ८ की खतिवडाले बैंकमा मुसा मार्ने औषधी, लुवान नामक विषादी सेवन गरेपश्चात विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिलला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । विष सेवन गरेर बेहोस भएकी खतिवडालाई बैंकका कर्मचारीले अस्पताल पु¥याएको बताइएको छ ।
दिउँसो १ बजे कार्यकक्षमै विष खाएपछि उपचारका लागि अस्पताल लगिएको थियो । तर, अस्पताल भर्ना गरे लगतै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको विषयमा प्रहरी अनुसन्धान सुरु भएको र शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । उनको ब्यागमा सुसाइड नोट भेटिएको र प्रहरीले त्यसका आधारमा अनुसन्धान गरिरहेको दावी गरेको छ ।
घटनास्थलबाट लुवान नामक विषादी र ब्लेड पनि बरामद गरेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । गौतमले भने, ‘बैंक भित्र रहेको सिसी टिभी फुटेज झिकेर हामीले अनुसन्धान सुरू गरेका छौँ ।’ डिएसपी गौतमका अनुसार घटनास्थलमा बरामद गरेको विषादी हेर्दा आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
मृतक को फोटो खोई