खबर पूर्वाञ्चल
संघातीक आक्रमण गर्नेलाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेकोले तत्काल पक्राउ गरि कारवाहीको गर्न उनीहरूले विराटनगरमा आज पत्रकार सम्मेलन गरि माग गरेका हुन् ।
जग्गाको विवाद हुँदा पुस १९ गते राजेन्द्र र मनोज अधिकारीलाई सोही ठाउँका पाँच जनाले आक्रमण गरि घाइते बनाएको आरोप छ । सुन्दरहरैचा ७ का ३२ वर्षिय टिका कार्की, भोजराज कार्की, राजिधका कार्की, चन्द्रबहादुर कार्की र हिमा कार्कीले आक्रमण गरि घाइते बनाएको मनोज अधिकारीको भनाई छ । आक्रमणमा परि अधिकारीको टाउँमा चोटपटक लागेको थियो । ‘
आक्रमण गरि घाइते भएको यतिका दिन भइसक्दा पनि आक्रमण गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छैन,’ पत्रकार सम्मेलनमा मनोजले भने, ‘हामीलाई कुटपिट गर्ने ६ जना विरूद्ध इलका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएकका थियौं । अहिलेसम्म पक्राउ परेका छैन ।’
यता इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालले उजुरी परेकोले यस घटनामा अनुसन्धान भइरहेको बताए । ‘कुटपिटमा संलग्नको खोजी कार्य भइरहेको छ,’ प्रहरी निरीक्षक ढकालले भने, ‘घटनामा संलग्न फरार छन् । हामीले खोजी कार्य गर्दै आएका छौं ।’