animated ellipse animated ellipse

सर्वोच्चको गरिमा मजबुत बनाउन सरकार प्रतिवद्ध–सञ्चार मन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ कार्तिक २०७८, शनिबार १२:३७
396
Shares
विराटनगर/ जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिममा र मजबुत बनाउन सरकार प्रतिवद्ध रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

आज विहान विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानी गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले नेपाली कांग्रेस जहिले पनि स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताए ।

वर्तमान गठबन्धनको नेतृत्व गर्ने नेपाली कांग्रेस नेतृत्वको सरकार मुलुकमा स्थिरता र दिगो विकास गर्ने कुरामा जोड दिँदै मन्त्री कार्कीले सरकारले जनताको चाहना अनुसार काम गर्ने बताए । प्रदेश १ को सरकारको नेतृत्व वर्तमान गठबन्धनको निर्णय अनुसार नै हुने मन्त्री कार्कील स्पष्ट पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर