RUMPUM
animated ellipse animated ellipse

एभरेष्ट इन्टरहाउस फुटबल सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ माघ २०८०, बिहीबार १८:५८
243
Shares
विराटनगर/ विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी इन्टर हाउस फुटबल टुर्नामेन्ट आज सम्पन्न भएको छ ।

प्रतियोगितामा चार समूहबाट चार(चार हाउसले सहभागिता जनाएका थिए । ती मध्ये विजयी दुई दुई टीमले उपाधिका लागि आज प्रतिष्पर्धा गरेका हुन् ।

जस अन्तर्गत कक्षा कक्षा ३,४ र ५को समूहबाट कोशी र गण्डकी फाइनल खेलेका हुन् । जसमा कोशीले गण्डकीलाई शुन्यका विरुद्ध ३ गोल गर्दै उपाधि जितेको छ । कोशीका लागि मौसमकुमार मेहताले २ गोल र हिमाल सागर आचार्यले १ गोल गरे। महेता प्लेयर अफ द टुर्नामेन्ट र आचार्य म्यान अफ द म्याच घोषित भए।

कक्षा ६ र ७ को समूहबाट फाइनल खेलेका मेची र गण्डकी हाउसमा टाईब्रेकरमा गण्डकी विजयी भयो । निर्धारीत समय गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउट गराइएको थियो । त्यसमा पनि तीन– तीन गोलको बराबरी भएपछि टाइब्रेकरमा गण्डकी विजयी भएको हो । टाईब्रेकरमा गण्डकी विजयी म्यान अफ द म्याच सामर्थ्य पाठक र प्लेयर अफ द टुर्नामेन्ट उत्कर्ष ढकाल भए।

कक्षा ८ र ९ को फाईनलमा कोशी र कर्णालीले फाईनल खेले । जसमा कोशीले ५ -० को फराकिलो जित निकाल्यो । म्यान आफ द म्याच रुपक दाहाल हुँदा प्लेयर अफ द टुर्नामेन्ट रायन पोखरेल घोषित भए।

छात्रा तर्फ लोटस हाउस विजयी बन्यो । निर्धारित समयमा दुबै टीमले गोलरहित बराबरी खेले । पेनाल्टीमा ३-० अन्तरले लोटस विजयी भएको हो । उक्त समूहबाट म्यान अफ द म्याच सेबिका कटुवाल र प्लेयर अफ द टुर्नामेन्ट मानस्वी कोइराला भइन्।

प्रतियोगिताका विजेता र उपबिजेतालाई विद्यालयका अध्यक्ष विनोद ढकाल, प्रिन्सिपल टिकाराम पुरी, भाईस प्रिन्सिपल टीएन भण्डारी र नारायण कडरीयालगायतले ट्रफी र मेडल वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर