animated ellipse animated ellipse

पूर्वाञ्चल विश्वविद्यालयमा खेलकुद सप्ताह शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०८१, बिहीबार १६:४८
162
Shares
विराटनगर / पूर्वाञ्चल विश्वविद्यालयले खेलकुद सप्ताह शूरु गरेको छ ।

आज विराटनगर– १ मा रहेको जनता क्याम्पसमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले उद्घाटन गर्दै ३१ औं खेल सप्ताह औपचारिक रुपमा शूरु भएको हो ।

खेल सप्ताहमा फुटबल, टेवलटेनिस,भलिवल, ब्याडमिन्टन,चेस, क्यारामबोर्ड, हाजिरिजवाफ, म्युजिकल चियर र हण्डिफोरलगायतका खेल हुने खेलकुद सप्ताह समितीका सदस्य दिपेश बास्तोलाले बताए । उनका अनुसार कलेजमा अध्ययन गर्ने विद्यार्थी,कलेजमा अध्यपन गराउँने शिक्षक र कर्मचारीले खेल सप्ताहमा सहभागि हुने बताए ।

पुस १९ गतेसम्म हुने खेल सप्ताहपूर्वाञ्चल विश्वविद्यालयको आंगिक कलेज सवैमा एकैपटक हुने बास्तोलले जानकारी गराए । समापन भने पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यलय गोठगाउँमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर