प्रदेश १ मा ८६० जनामा संक्रमण पुष्टि, ४१३ जना संक्रमणमुक्त

खबर पूर्वाञ्चल, १ भाद्र २०७८, मंगलवार १७:२६

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, ते¥हथुम र उदयपुरमा ४–४, पाँचथर, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

झापाको शिवसताक्षी र विर्तामोडमा ३०–३०, भद्रपुरमा २८, दमकमा २४, मेचीनगरमा १९, कनकाईमा १८, अर्जुनधारामा ९, कमल गाउँपालिकामा ८, हल्दिबारीमा ६, बुद्धशान्तिमा ४, बा¥हदशीमा ३, गौरादहमा २, गौरीगञ्ज, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

यता मोरङको विराटनगरमा ५४, बेलबारीमा ३०, लेटाङमा २२, सुन्दरहरैचामा १५, उर्लाबारीमा ९, केराबारीमा ७, कानेपोखरी र बुढीगंगामा २–२, पथरीशनिश्चरेमा १ र स्थानीय तह नखुलेका ३, सुनसरीको इटहरीमा ५६, धरानमा ३८, रामधुनीमा ४, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा २–२ जनामा संक्रमण पुष्टि भएको छ ।

उता इलामको इलाम नगरपालिकामा ७, माई, रोङ र चुलाचुलीमा २–२, फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौवीसे र पाख्रिवासमा १–१, ते¥हथुमको फेदापमा ३, म्याङलुङमा १, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १–१, पाँचथरको फिदिम, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९६ महिला र २१७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५