AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ओली र बालेन भिडेको क्षेत्रमा शान्तिपूर्ण निर्वाचनको कमाण्ड गर्ने लम्साल उत्कृष्ट प्रहरी घोषित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ चैत्र २०८२, मंगलवार १८:०८
207
Shares
विराटनगर / देशकै ध्यान खिचिएको र राजनीतिक रूपमा ‘अतिसंवेदनशील’ मानिएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन नेतृत्वदायी भूमिका खेलेका प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय दमकका प्रमुख लम्साललाई उनको व्यावसायिक कार्यसम्पादन, साहस र कर्तव्यपरायणताको कदर गर्दै मंगलबार सो सम्मान प्रदान गरेको हो ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा ५ सबैभन्दा बढी चर्चा र संवेदनशीलताको केन्द्रमा थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह जस्ता ‘हेभीवेट’ उम्मेदवारहरू प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा सुरक्षा व्यवस्थापन निकै चुनौतीपूर्ण मानिएको थियो । बालेन्द्र शाहले भारी मतअन्तरले विजय हासिल गरेको उक्त ऐतिहासिक निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिई अमनचयन कायम राख्न लम्सालले कमाण्डरका रूपमा उत्कृष्ट भूमिका निर्वाह गरेका थिए ।

निर्वाचन सुरक्षाका अतिरिक्त ‘जेनजी’ आन्दोलनका क्रममा उत्पन्न अशान्तिलाई नियन्त्रण गर्न पनि लम्सालको भूमिका अर्थपूर्ण रह्यो । आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको राइफल नम्बर र हिरासतबाट फरार भएका प्रतिवादीहरूको खोजीमा उनले विशेष सक्रियता देखाएका थिए । झाडीमा लुकाएर राखिएको अवस्थामा हतियार बरामद गर्नुका साथै विभिन्न स्थानबाट १९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गर्न उनी सफल भएका थिए ।

आन्दोलनका क्रममा क्षति पुगेको इलाका प्रहरी कार्यालय दमकको भौतिक संरचनालाई स्थानीय निकाय, विभिन्न संघसंस्था र नागरिकहरूसँगको समन्वयमा मर्मत सम्भार गरी उनले कार्यालयलाई पुनः सुचारु गराएका छन् । कार्यालयका लागि आवश्यक फर्निचर र विद्युतीय उपकरणहरू जुटाउनुका साथै उनले आन्दोलनसँग सम्बन्धित १० वटा जटिल मुद्दाहरूलाई सफलतापूर्वक फर्स्यौट गरेका छन् ।

डिएसपी लम्सालको नेतृत्वमा फागुन महिनामा मात्रै ३५ वटा मुद्दा दर्ता भई कानुनी प्रक्रिया अघि बढेको छ । ध्वनि प्रदूषण फैलाउने २१७ वटा मोटरसाइकललाई कारबाहीको दायरामा ल्याउनु र विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादी पक्राउ गर्नुले दमक क्षेत्रको सुरक्षा अवस्था सुदृढ बनेको प्रदेश प्रहरी कार्यालयको मूल्यांकन छ ।
“विभागीय मूल्य९मान्यता र आदेशको पालना गर्दै उच्च मनोबलका साथ पदीय जिम्मेवारी निर्वाह गरेकाले उनलाई पुरस्कृत गरिएको हो,” कोशी प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर